प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने
२८ पुष २०८२, सोमबार ०७:५४

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीले यसअघि संस्थापक शेयरधनी र त्यसपछि सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्दा शेयर खरीदका लागि निवेदन प्राप्त नभएपछि पुनः सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।
कम्पनीले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकेको छ। शेयर किन्न इच्छुक खरीदकर्ताले आवश्यक कागजात सहित आगामी ७ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।













