बालेनले माघ ५ गतेभित्र मेयरबाट राजीनामा दिने, झापा–५ बाट ओलीसँग भिड्ने तयारी

२८ पुष २०८२, सोमबार ११:५६

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पदबाट राजीनामा दिने तयारी थालेका छन्।  उनले माघ ५ गतेभित्र मेयर पदबाट राजीनामा दिएर चुनावी अभियानमा सक्रिय हुने योजना बनाएका हुन्।

निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताको मिति तोकेकाले त्यसअघि नै पद त्यागेर उम्मेदवार बन्ने तयारीमा बालेन रहेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनी प्रचारप्रसारमा होमिने तयारीमा जुटेका छन्।

यसैबीच बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भइसकेका छन्। रास्वपाले उनलाई पार्टीको वरिष्ठ नेताको हैसियत दिएको छ भने आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सारेको बताइएको छ। पार्टीसँगको समझदारीपछि उनले औपचारिक रूपमा रास्वपाबाट राजनीतिक यात्रा अगाडि बढाउने तयारी गरेका हुन्।

चुनावी रणनीतिअनुसार बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने योजना बनाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*