काठमाडौंमा जाडो ह्वात्तै घट्यो, भोलिदेखि गर्मीको अनुभूति !

२८ पुष २०८२, सोमबार १५:२०

काठमाडौं । पुसको चिसो ठण्डीमा बाक्लो लुगा लगाएर हिड्दै हुनुहुन्छ भने अब अलि सचेत हुनुपर्ने भएको छ । काठमाडौंको चिसो एकाएक घट्न थालेको छ । मौसममा परिवर्तन नभएको अवस्थामा यस वर्षका चिसो लगभग सकिएको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आजको काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्रीबाट बढेर पाँच डिग्री पुगिसकेको छ । त्यस्तै अधिकतम् तापक्रम १३ डिग्रीमा झरेकोमा अहिले पाँच डिग्रीले बढेर १८ डिग्री पुगिसकेको छ । मौसम सम्बन्धी संस्था गुगल वेदरका अनुसार भोलि काठमाडौंको अधिकतम् तापक्रम १९ र न्यूनतम तापक्रम ६ डिग्री पुग्नेछ ।

काठमाडौंको तापक्रम १९ डिग्री पुगेपछि दिउसोको समयमा धेरै बाक्लो लुगा लगाउँदा र पैदल यात्रा गर्दा त पसिना समेत आउन सक्नेछ । त्यस्तै, न्यूनतम तापक्रम पनि ६ डिग्रीमा धेरै चिसो महसुस हुनेछैन ।

मौसम विज्ञान विभागले काठमाडौंमा जाडो घटेको स्वीकार गरेको छ । काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको तापक्रम मापन यन्त्रका अनुसार आज विहान काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री रहेको थियो । हिजो २.४ रहेकोमा आज सामान्य बृद्धि भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*