नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

२८ पुष २०८२, सोमबार १८:०८

काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा निर्वाण कुमार चौधरी चयन भएका छन्। बैंकको ४१ औं वार्षिक साधारणसभाले अध्यक्ष पदमा निर्वाण कुमार चौधरीलाई चयन गरेको हो ।

वर्तमान अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको कार्यकाल समाप्त भएसँगै आज बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा नयाँ अध्यक्ष चयन गरेको छ । बैंकको ४१ औं वार्षिक साधारणसभा आज काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा भव्यताका साथ सम्पन्न भएको छ। सोही सभाले आर्थिक वर्षका लागि सञ्चालक समितिले प्रस्ताव गरेको १२.५० प्रतिशत लाभांश (बोनस सेयर र नगद लाभांश समेत) लगायतका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।

यस्तै साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने क्रममा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई संस्थापक समूहको तर्फबाट सञ्चालक समिति सदस्यमा निर्वाचित गरेको छ। बैंकिङ क्षेत्रमा लामो अनुभव संगाल्नुभएका शाहको आगमनले बैंकको रणनीतिक नेतृत्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*