चुनाव बहिष्कारको माग गर्दै काठमाडौंमा मसाल जुलुस

२९ पुष २०८२, मंगलवार ०८:४१

काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन बहिष्कारको माग गर्दै काठमाडौंमा गएराति ६ कम्युनिष्ट पार्टीले मसाल जुलुस गरेका छन्।

६ वटा कम्युनिष्ट पार्टी मिलेर संयुक्त रूपमा गरेको सो मसाल जुलुसमा सहभागी ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गएराति काठमाडौंका विभिन्न ठाउँमा राँके जुलुस गरेका थिए।

सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुति) को वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, महिन्द्र मल्ल नेतृत्वको नेकपा (जनपक्ष), ऋषिराम कट्टेल नेतृत्वको नेकपा, पूर्णबहादुर सिंह समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपालको संयुक्त आहवानमा मसाल जुलुस निकालिएको हो।

उनीहरूले आज पुस २९ गते उपत्यका बन्दको समेत घोषणा गरेका छन् भने प्रहरीहरू त्यसो हुन नदिनका लागि रातिदेखि नै ठाउँठाउँमा बाक्लो संख्यामा तैनाथ भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*