शैक्षिक परामर्श व्यवसायी संघको अध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संस्था शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)को २०औँ साधारणसभा तथा निर्वाचनबाट लक्ष्मण पौडेल ‘एन्ड्रियु’को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
सोमबार राति (पुस २८) सम्पन्न निर्वाचनको नतिजाअनुसार संघको प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल र तृतीय उपाध्यक्षमा गीता शिवाकोटी निर्वाचित भएका छन्। महासचिवको जिम्मेवारी भवनाथ हुमागाइँले पाएका छन्।
यसैगरी, सहसचिवमा सुरज सिलवाल र आशिक कार्की चयन भएका छन् भने कोषाध्यक्षमा साधना पुडासैनी र सह–कोषाध्यक्षमा गोविन्द खनाल निर्वाचित भएका छन्।
कार्यसमितिका सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल र कमलप्रसाद तिमल्सिना रहेका छन्।












