सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९औं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

२९ पुष २०८२, मंगलवार ११:५२

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजे बसेको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभाले चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित भएको छ । साथै संस्थागत सामाजिक उत्तदारयित्वमा भएको खर्च अनुमोदन भएको हो।

त्यसैगरी गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको हो ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गरेको हुँदा पुस १७ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*