शेयर बिक्री गरेर नाफा बुक गर्दै लगानीकर्ताः कारोबारमा उछाल, के होला आगामी यात्रा ?

२९ पुष २०८२, मंगलवार १५:०८

काठमाडौँ । सोमबार घटेको शेयर बजार आज सामान्य सुधारसहित स्थिर भएको छ । बजारमा आएको करेक्सनपछि लगानीकर्ताहरूले आगामी दिनमा बजार अझ मजबुत आधारमा अघि बढ्ने अपेक्षा गरेका छन् । प्रमुख शेयर सूचकांकहरूमा हल्का सुधार देखिएको छ, जसले बजारमा सकारात्मक भावनाको संकेत दिएको छ ।

देशको राजनीतिक परिवेशले पनि बजारलाई सहज बनाएको विश्लेषकहरूले बताएका छन् । हाल जेनजी आन्दोलनपछि निर्वाचनतर्फको प्रक्रिया अघि बढिरहेको छ भने नयाँ नेतृत्व चयन हुने सम्भावनाले लगानीकर्तामा उत्साहको भावना सिर्जना गरेको छ। सक्रिय लगानीकर्ताको संख्या करिब ६२ हजार पुगेको र सरकारले पनि बजारप्रति सकारात्मक दृष्टिकोण राख्ने विश्वास देखाएको छ ।

नियामक निकायहरूले समेत बजार सुधारमा सक्रिय भूमिका खेलिरहेका छन्। नेपाल राष्ट्र बैंकले बजारमा तरलता बढाउने विभिन्न पहलहरू गरिरहेको छ भने अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डले लगानीकर्ता–मैत्री नीतिहरू लागू गर्दै बजारमा सुधारको वातावरण बनाइरहेका छन्। यसले लगानीकर्तामा विश्वास र बजार स्थिरताको संकेत दिएको छ।

विश्लेषकहरूका अनुसार निर्वाचन प्रक्रियाले अल्पकालीन रूपमा केही असर पार्न सक्छ। नयाँ नेतृत्वको अन्योलका कारण केही लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति अपनाउन सक्ने भए पनि, दीर्घकालीन दृष्टिले राजनीतिक स्थायित्व र स्पष्ट नीतिहरूले बजारलाई सकारात्मक दिशामा अघि बढाउने विश्वास कायम रहेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९० अकंले बढेर २६३९.९१ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९९ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन ६ उपसूचक राताम्य भएको छ । वाणिज्य बैंक समूहको ०.१४ प्रतिशत, फाइनान्स समूहको ०.२९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

मंगलबार ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*