कुथेली बुखरी स्मल हाइड्रोको १४औं साधारणसभा सम्पन्न

२९ पुष २०८२, मंगलवार १६:२०

काठमाडौं। कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले पुस २९ गते मंगलबार १४ औंँ साधारण सभा सम्पन्न गरेको हो।

सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८१–८२ को लागि हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै सभाले सभाले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन , लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८१–०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु पारित गरेको छ। सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ।व। २०८२०८३ का लागि लेखापरिक्षकको नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गरेको छ।

कम्पनीले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र थप संशोधन आवश्यक परेमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*