सिद्धार्थ प्रिमियर इस्योरेन्सको नगद लाभांश शेयरधनीको खातामा जम्मा
३० पुष २०८२, बुधबार ०८:१६

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको पुस २९ गतेका दिन सम्पन्न ३२ औं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा हुन थालेको छ।
साधारण सभाले शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
सभाले लाभांश पारित गरेसँगै सोही दिनदेखि नै शेयरधनीले आफ्नो हितग्राही (डिम्याट) खातामा उपलब्ध गराएको बैंक खातामा नगद लाभांश बापत रकम पठाउन थालिएको कम्पनीले जानकारी दिएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते बूक क्लोज गरेको थियो। तसर्थ बूक क्लोजको मितिभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्नेछन्।












