दरमखोला हाइड्रोको डेढ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
३० पुष २०८२, बुधबार ११:३९

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको डेढ लाख कित्ता शेयरको लकइन अवधि माघमा समाप्त हुने भएको छ।
कम्पनीले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि बाँडफाँड गरेको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ४५ हजार ९७५ कित्ता शेयरको लकइन अवधि माघ २८ गते समाप्त हुन लागेको हो।
आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको शेयर ६ महीनासम्म र संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको शेयर ३ वर्षसम्म लकइनमा राख्नु पर्ने प्रावधान छ।
लकइन अवधिभर लकइनमा रहेको शेयर खरीद बिक्री गर्न पाइँदैन भने लकइन अवधि समाप्त भएसँगै त्यस्तो शेयर धितोपत्र बजारमा खरीद बिक्री गर्न सकिनेछ।












