बालुवाटार जाऔँ भन्दै सामूहिक मेसेज पठाउने सेढाईं प्रहरीको नियन्त्रणमा
३० पुष २०८२, बुधबार १४:२९

काठमाडौं । अनधिकृत रूपमा सामूहिक मेसेज पठाएर प्रदर्शनमा उक्साएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति भरतपुरका व्यवसायी निर्देश सेढाईं रहेको खुलेको छ ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले सेढाईंलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले नेपाल टेलिकमको सेवा प्रयोग गरी विभिन्न व्यक्तिलाई राजनीतिक प्रकृतिको सन्देश पठाएका थिए ।
केही दिनअघि सेढाईंले पुस ३० गते ‘प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको सनातनी महान अधिराज्य नेपाल बनाउने अभियानका लागि बालुवटार जाऔँ’ भन्ने आशयको मेसेज ठूलो संख्यामा पठाएको प्रहरीको भनाइ छ ।












