यी १० कम्पनीको झुम्मिए लगानीकर्ता, कुनको कति भयो शेयर खरिदबिक्री
३० पुष २०८२, बुधबार १५:११

काठमाडौँ । शेयर बजार आज झिनो अकंले बढेको छ । बजार बढेपनि अधिकांश लगानीकर्ता शेयर बिक्री तिर हाबि भएको देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५२ अकंले बढेर २६४१.४३ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड २५ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
आज राधि विद्युतको २६ करोड २४ लाख, युनिक हाइड्रोपावरको २३ करोड २६ लाख र एसवाई प्यानलको २२ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।













