भोलि देशभर सार्वजनिक बिदा

३० पुष २०८२, बुधबार १५:३१

काठमाडौँ । भोलि अर्थात् माघ १ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । माघे संक्रान्ति, माघि पर्वको अवसरका बिहिबार देशभर सार्वजनिक बिदा हुने भएको हो ।

माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो । यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भनिएको हो ।

माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ।

बिदा भएसँग सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार भोलि बन्द रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*