अन्ततः कांग्रेस दुई टुक्रा, आजै राति गगन थापा सभापति बन्दै

३० पुष २०८२, बुधबार १५:५९

काठमाडौं । अन्ततः नेपाली कांग्रेस दुई टुक्रामा विभाजित हुन पुगेको छ । यद्यपि बहुमत महाधिवेशन प्रतिनिधिसहित युवा नेताहरु गगन थापा र विश्व प्रकाश शर्माले आजै राति नयाँ नेतृत्व चयन गर्दैछन् ।

यसैबीच, भर्खरै सानेपामा सम्पन्न भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मालाई पाँच बर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । तर, ६२ प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधिहरुसहित भएर काठमाडौंमा जारी विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

गगन थापा निकट स्रोतका अनुसार आजै बेलुका नयाँ निर्वाचन सम्पन्न गरी दलबल सहित गगन थापा र विश्व प्रकाश पौडेल पार्टी कार्यालय सानेपा पुगेर कब्जा गर्ने तयारी छ ।

आजको घटनापछि नेपालको इतिहासमा सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस दुई भागमा विभाजन हुन पुगेको छ । यद्यपि निर्वाचन आयोगलाई गगन थापालाई मान्यता दिने सम्भावना रहेकोले पुराना र बुढापाकाहरु भोलि विहान उठ्दा भुपु हुने सम्भावना पनि उत्तिकै छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*