एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
३० पुष २०८२, बुधबार १७:१५

काठमाडौँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव भएकी अनुपा प्रधान राजभण्डारी एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छिन् ।
नवनियुक्त सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएकी हुन् ।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरिकी उनले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेकी थिइन् ।












