इन्फिनिटी लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संस्थाको अध्यक्ष विष्णुु कुुमार घिमिरेको अध्यक्षतामा विजय चोक गैंडाकोट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सम्पन्न भएको हो ।
उक्त साधारण सभामा संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा संचालन गर्नु साथै उनले उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गरेका थिए । यस साधारण सभाले मुख्यतया आर्थिक वर्ष २०८१/८२ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्युजिशन सम्बन्धी प्रस्तावहरु र आगामी आर्थिक वर्ष २०८२/८३ को लागी लेखारीक्षकको नियुक्ति, सम्बन्धी प्रस्तावहरु पारित गरेको थियो ।
साथै यस सभाबाट निर्वाचन अधिकृत कृष्ण प्रसाद खनालद्धारा आगामि कार्यकालका लागि विष्णु कुमार घिमिरे, राम कृष्ण डंगोल, रमेश कर्मचार्य तथा शशी तिमल्सीना निर्विरोध सञ्चालक समितिमा निर्वाचित भएका छन् ।












