चारदिने ‘न्यू इयर बिग स्विच’ अभियान, टाटा गाडीमा नगद छुट र आकर्षक अफर

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहक लक्षित चारदिने विशेष ‘न्यू इयर बिग स्विच’ अभियान सार्वजनिक गरेको छ ।
माघ १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर टाटाका अत्याधुनिक सवारी साधनमा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ ।
सिप्रदीका अनुसार अभियानको मुख्य उद्देश्य ग्राहकलाई पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन प्रदान गर्दै नयाँ गाडीको अनुभूति दिलाउनु हो । योजना अवधिभर गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहारका साथै नगद छुटको सुविधा प्राप्त गर्नेछन् ।
विशेषगरी विद्युतीय सवारी (ईभी) खरिद गर्ने ग्राहकका लागि आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ सुविधा र होम चार्जिङ जडान उपलब्ध गराइनेछ । साथै, नयाँ गाडी खरिदमा एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।












