छिमेक लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

३० पुष २०८२, बुधबार १८:३७

काठमाडौं । छिमेक लघुवित्तको २४औं वार्षिक साधारण सभा मंगलवार हेटौंडामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । काठमाडौंको मध्य बानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस वित्तीय संस्थाले हाल ६९ जिल्लामा १९७ ओटा शाखामार्फत ४ लाख ४० हजार ३ सय ७ जना महिला सदस्यलाई लघुवित्त सेवा दिइरहेको जनाएको छ ।

२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०८१र८२ मा १ अर्ब २१ करोड ५४ लाख २५ हजार २४० रुपैयाँ ३७ पैसा खुद नाफा आर्जन गरेको छ । सभाले सोही नाफाबाट शेयरधनीलाई १२।५ प्रतिशत नगद लाभांश र १२।५ प्रतिशत बोनस सेयर गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, संस्थाको हाल कायम चुक्ता पुँजी ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८ सय ६८ रुपैयाँलाई वृद्धि गरी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १ सय १ रुपैयाँ ५० पैसा पुर्याउने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*