स्वास्थ्य बीमा प्रणाली राष्ट्रिय सहनशीलता तथा सुदृढतामा गरिने लगानी हो: जर्मन राजदूत

काठमाडौं । जर्मनका राजदूत सुदृढ र प्रभावकारी रूपमा सञ्चालन हुने स्वास्थ्य बीमा प्रणाली केवल स्वास्थ्यसम्बन्धी हस्तक्षेप मात्र नभई मानिसहरूमा, उत्पादनशीलतामा र राष्ट्रिय सहनशीलता तथा सुदृढतामा गरिने लगानी रहेको बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्डको संयुक्त आयोजना तथा जर्मन विकास सहयोग संस्थाको सहकार्यमा आयोजित स्वास्थ्य बीमा सुधार कार्यक्रममा उनले स्वास्थ्य बीमा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य क्षेत्रका लागि मात्र आवश्यक होइन, दिगो आर्थिक विकासको मेरुदण्ड पनि हो,” गत शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्डको संयुक्त आयोजनामा सम्पन्न नेपालको स्वास्थ्य बीमा सुधारसम्बन्धी राष्ट्रिय कार्यशालामा जर्मनका राजदूत भोल्जले भने ।
सन् २०१३ देखि जर्मन विकास सहकार्यले नेपालको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम सुदृढ गर्न नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्दै आएको छ।
यो उच्च प्राथमिकतामा रहेको सुधार हो, जसको उद्देश्य सबैका लागि, विशेषगरी सीमान्तकृत तथा कमजोर समुदायका लागि, गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नु हो। साथै, यसले रोगका कारण परिवारहरू आर्थिक अभाव र गरिबीमा धकेलिन नदिन महत्वपूर्ण योगदान पु¥याउँछ।
सुदृढ र प्रभावकारी रूपमा सञ्चालन हुने स्वास्थ्य बीमा प्रणाली केवल स्वास्थ्यसम्बन्धी हस्तक्षेप मात्र होइन—यो मानिसहरूमा, उत्पादनशीलतामा र राष्ट्रिय सहनशीलता तथा सुदृढतामा गरिने लगानी हो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा शर्मा गौतमले स्वास्थ्य बीमा सुधारका लागि प्रयासरत रहेको बताएकी छन् ।
मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी दिगो बनाउने भन्नेमा सरकारले चिन्तन गरिरहेको बताउँदै स्वास्थ्य बीमा कार्यक्रमका कमीकमजोरीलाई विश्लेषण गर्न विज्ञ तथा सरोकारवालासँग निरन्तर छलफल गरेको जानकारी दिइन्।
स्वास्थ्य बीमा बोर्डका निर्देशक डा। रघुराज काफ्लेले स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाको महत्त्वपूर्ण पाटो भएको र नाफा कमाउने उद्देश्यले सञ्चालन नगरिएको स्पष्ट पारे ।
डा। काफ्लेले स्वास्थ्य बीमा कार्यक्रमका लागि पर्याप्त बजेट, दीर्घकालीन प्रतिबद्धता र स्पष्ट नीतिमा बहस आवश्यक रहेकामा जोड दिए ।












