हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, बिहिबार प्रतितोला कति ?

१ माघ २०८२, बिहीबार १०:५२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा एक हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ४८५ रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*