नेष्डो समृद्ध लघुवित्तको ७औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बिहीबार ११:२२

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको ७ औं वार्षिक साधारण सभा कुस्मामा रहेको रोयल रिसोर्टमा पुष ३० गते सम्पन्न भएको हो ।
सभामा २०८२ असार मसान्तको वासलात, २०८१ साउन १ गते देखि २०८२ असार मसान्तसम्मको नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु पारित भएको छ ।
यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ ।












