माघीको अवसरमा धनगढीमा टाटाको ईभी धमाका, सिप्रदीले ल्यायो तीनदिने एक्सचेन्ज उत्सव

काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीनदिने ‘माघी एक्सचेन्ज उत्सव’ सुरु भएको छ ।
माघ १ देखि ३ गतेसम्म धनगढीस्थित जीएआरएस ट्रेडिङमा सञ्चालन हुनेछ । यस उत्सवमा टाटाका टियागो ईभी, कर्भ ईभी, नेक्सन के ३ ईभी र पञ्च ईभीलगायतका अत्याधुनिक मोडल प्रदर्शन र परीक्षणका लागि राखिएका छन् ।
पर्वका अवसरमा जुनसुकै ब्रान्डको पुरानो गाडी साटेर नयाँ सवारी चढ्न चाहने ग्राहकका लागि यो उत्सव विशेष मौका मिल्ने कम्पनीले जनाएको छ ।
उत्सवमा सहभागी हुने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स ९जडानसहित० एवं निःशुल्क एभीटीसहित हरेक बुकिङमा आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ ।
अभियानले ग्राहकलाई आधुनिक प्रविधियुक्त र किफायती सवारीसाधन छनोट गर्न सहज बनाउने कम्पनीको विश्वास छ ।
ग्राहकले धनगढीको बोराडाडीस्थित जीएआरएस ट्रेडिङमा गएर टाटा मोटर्सले नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।












