देउवा पक्षधर केन्द्रीय सदस्यहरूले भौतिक रुपमै निर्वाचन आयोग पुगेर गरे हस्ताक्षर

२ माघ २०८२, शुक्रबार ११:३२

काठमाडौं । शेरबहादुर देउवा पक्षका  कांग्रेस नेता-कार्यकर्ताले निर्वाचन आयोगमा आगामी वैशाखसम्म आफुहरूको पदावधि कायमै रहेको भन्दै निर्वाचन आयोगमा भौतिक रुपमा उपस्थित भएर हस्ताक्षर गरेका छन् ।

आगामी वैशाखसम्म शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक रहेको र आफुहरुको पदावधि कायमै रहेको भन्दै पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित केन्द्रीय सदस्यहरूले भौतिक रुपमा उपस्थित भएर हस्ताक्षर गरेका हुन् ।

महाधिवेशन प्रतिनिधिले डाकेको विशेष महाधिवेशनले गगन थापा पार्टी सभापति चुनेपछि आधिकारिकता विवादमा निर्वाचन आयोगले छानविन थालेकै बेला देउवा पक्षधर पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू भौतिक रुपमै आयोग पुगेका हुन् ।

केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरूसँगै जिल्ला सभापति, भातृसंस्था र शुभेच्छुक संस्थाको टोली निर्वाचन आयोग पुगेका थिए भने निर्वाचन आयोगमा बुझाइएका कागजातबारे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरिएको छ ।

विशेष महाधिवेशनलगत्तै गगन थापा नेतृत्वको को कार्यसमिति अभिलेखका लागि बिहीबारै निर्वाचन आयोग पुगेर आधिकारिकताको अपिल गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*