रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ताको निर्णय विरुद्ध सर्वाेच्चमा रिट
२ माघ २०८२, शुक्रबार १२:४४

काठमाडौं । महान्याधिवक्ताको कार्यालयले गरेको रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय विरुद्ध युवराज पौडेल (सफल) ले सर्वाेच्च अदालतमा रिट हालेका छन्।
उनले महान्यायाधिवक्ता र महान्याधिवक्ताको कार्यालयका साथै काठमाडौं, रुपन्देही, कास्की र चितवनको जिल्ला सरकारी वकील कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाई मुद्दा फिर्ताको निर्णय बदरको माग गर्दै रिट दर्ता गरेका हुन्।
उनले महान्याधिवक्तालाई दिइएको मुद्दा फिर्ता गर्न पाउने अधिकारको दुरुपयोग भएको भन्दै मुद्दा फिर्ता लिने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराउन माग गरेका छन्। साथै उनले रवि लामिछाने विरुद्धको मुद्दा कमजोर बनाउने गरी कुनै काम कारवाही नगर्न नगराउन परमादेशको आदेशको माग समेत गरेका छन्।












