४ लाख डाउन पेमेन्टमा डायुन ईभी

२ माघ २०८२, शुक्रबार १६:३०

काठमाडौं । नेपालमा डायुन इभिको आधिकारिक वितरक सि.जी मोटर्सले डायुन इभि कारमा सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको छ। अब यो विद्युतीय सवारी साधन मात्र ३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा उपलब्ध हुने भएको छ, जसले नेपाली उपभोक्ताका लागि दिगो, किफायती र वातावरणमैत्री इभिलाई अझ सहज र पहुँचयोग्य बनाएको छ।

डायुन इभि नेपाली सडक अवस्था र ड्राइभिङ आवश्यकतालाई ध्यानमा राखेर विशेष रूपमा डिजाइन गरिएको छ। एकपटक फुल चार्ज गर्दा यो कारले ३०० किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसको २०१ mm ग्राउन्ड क्लियरेन्स यस श्रेणीमा सबैभन्दा उच्च मानिन्छ। साथै, सेग्मेन्टकै उत्कृष्ट Full Independent Suspension प्रणालीले शहरी सडकदेखि चुनौतीपूर्ण भू–भागसम्म उत्कृष्ट सवारी आराम, उच्च स्थिरता र आत्मविश्वासपूर्ण प्रदर्शन सुनिश्चित गर्दछ।

ग्राहकलाई बढी मूल्य र न्यूनतम लागत प्रदान गर्न सि.जी मोटर्सले आकर्षक प्याकेज पनि उपलब्ध गराएको छ। यसमा एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एक्सेसरिज, ३.३ किलोवाट क्षमताको होम चार्जर, एक वर्षको सडक कर र अटो प्लस बीमा कभरेज समावेश छन्।

डायुन इभि मा प्रिमियम तथा सेग्मेन्ट–लीडिङ GB/T चार्जिङ प्रणाली जडान गरिएको छ, जसले सि.जी मोटर्सको फास्ट चार्जिङ पूर्वाधारसँग सहज अनुकूलता सुनिश्चित गर्दछ। ग्राहकहरूले नेपालभर रहेका २६० भन्दा बढी सि.जी फास्ट चार्जिङ स्टेशनहरूमा छिटो र भरपर्दो चार्जिङ अनुभव लिन सक्नेछन्।

सि.जी मोटर्सले उच्च प्रदर्शन, व्यवहारिकता र दीर्घकालीन बचतको उत्कृष्ट संयोजन भएको यो इभिलाई नेपाली बजारमा उपलब्ध गराउँदै स्वच्छ ऊर्जामैत्री यातायाततर्फको अग्रणी भूमिकालाई निरन्तरता दिइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*