मेरो माइक्रोफाइनान्स लघुवित्तमा नयाँ सञ्चालक समिति गठन, पाँडे अध्यक्ष चयन

२ माघ २०८२, शुक्रबार १७:२३

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति गठन भएको छ। सभाले संस्थापक समूहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न तीन जना सदस्य निर्विरोध चयन गरेको छ।

संस्थापक समूह (समूह ‘क’) तर्फबाट ग्लोबल आइएमई बैंक लिमिटेडका प्रतिनिधि कल्याण विक्रम पाँडे, प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधि नेपाल भूषण श्रेष्ठ तथा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रतिनिधि सुमन मुलेपति सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका हुन्।

त्यस्तै, सर्वसाधारण समूह (समूह ‘ख’) तर्फबाट सुनिता पौडेल सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएकी छन्।

यसैबीच, पुस ३० गते नै बसेको संस्थाको सञ्चालक समितिको १८२औँ बैठकले कल्याण विक्रम पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ। पाँडे ग्लोबल आइएमई बैंक लिमिटेडका प्रतिनिधि हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*