भोलि देशभर सार्वजनिक बिदा
४ माघ २०८२, आईतवार १२:२६

काठमाडौँ । भोलि अर्थात् माघ ५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सोनाम ल्होछारको अवसरमा सोमबार बिदा हुन लागेको हो ।
सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व हो ।
बिदा भएसँगै भोलि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार बन्द हुनेछ ।












