विजय लघुवित्तको एफपिओ बाँडफाँटको मिति तय, साढे २२ लाखको हात हुने
४ माघ २०८२, आईतवार १४:३१

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँट मंगलबार हुने भएको छ । सार्वजनिक बिदा धेरै परेका कारण बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपिओ बाँडफाँटमा केहि ढिलाई गरेको हो ।
एफपिओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन थिएका थिए । सिडिएसका अनुसार २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबरको २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँको आवेदन परेको हो ।
एफपिओमा ४६ हजार ७८१ जनाले १०।१० कित्ताका दरले शेयर पाउनेछन् । सोहिमध्यका ७ जनाले भने थप १।१ कित्ता गरी ११ कित्ता शेयर पाउनेछन् । साढे २२ लाखको हात भने रित्तो हुनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गरेको थियो ।












