फाइनान्स र हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
४ माघ २०८२, आईतवार १५:०८

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका ३३८ वटा कम्पनीहरुको ८ अर्ब ४० करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन मन्जुश्री फाइनान्सको ५३ करोड १६ लाख रुपैयाँ, एसवाई प्यानलको ३७ करोड ३९ लाख रुपैयाँ, श्रीनगर एग्रोटेकको २८ करोड ४५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
आइतबार बन्दीपुर केवलकारको २५ करोड ८३ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको २४ करोड ९४ लाख रुपैयाँ, सागर डिस्टीलरीको २४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













