तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांश शेयरधनीको खातामा

५ माघ २०८२, सोमबार ०८:५८

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको पुस २३ गते सम्पन्न २९ औं वार्षिक साधारणसभाले पारित गरेको लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ।

होटल्सले साधारणसभा तथा लाभांश वितरणका लागि पुस ७ गते बूक क्लोज गरेकाले पुस ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूका लागि होटल्सले पारित गरेको ५ प्रतिशत नगद लाभांश माघ २ गतेदेखि पठाउन थालेको हो।

होटल्सले शेयर अभौतिकीकरण नगरेको भए यथाशीघ्र गर्न र पुस ६ गतेसम्म शेयर धितो राखेर ऋण लिएको भए ऋण लिएको संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्रै खातामा लाभांश पठाइने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*