सुनको मूल्यले बनायो नयाँ रेकर्ड, सोमबार प्रतितोला कति ?
५ माघ २०८२, सोमबार १०:४६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज एकैदिन तोलामा चार हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।












