काठमाडौं । शेयर बजारमा तहल्का पिटीरहेको एसवाई प्यानल नेपाल नेपाल लिमिटेडमा नयाँ संचालक समिति चयन भएको छ। कम्पनीको पुस ३० गते सम्पन्न साधारण सभाले नयाँ संचालक समिति चयन गरेको हो ।
कम्पनीमा संस्थापक शेयरधनी समूहबाट Hong Youngdon, Choi Dong IL, Lee Hwachun, र महेश्वर कर्माचार्य संचालक चयन भएका छन् । त्यस्तै सर्वसाधारण शेयरधनी समूहबाट सीताराम थपलिया र अलका इन्भेष्टमेन्टबाट प्रतिनिधित्व गर्दै राधा पौडेल संचालक चयन भएका छन् । कम्पनीले नवराज पन्तलाई स्वतन्त्र संचालक चयन गरेको छ।
कम्पनीको माघ ३ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा Hong Youngdon लाई चयन गरेको छ भने प्रबन्ध संचालकमा Choi Dong IL लाई चयन गरेको छ । कम्पनीका अनुसार Choi Dong IL हाल छुट्टीमा कोरिया जाने भएकोले उनको छुट्टीको अवधिभरको लागि प्रबन्ध संचालकको अख्तियारी महेश्वर कर्माचार्यालाई प्रदान गरिएको छ।













