अधिवक्ता स्वागत नेपाल राप्रपा प्रवेश, झापा–२ बाट चुनाव लड्ने

५ माघ २०८२, सोमबार १४:०६

काठमाडौं । अधिवक्ता स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । उनलाई अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा स्वागत गरेका हुन् ।

उनी झापा २ बाट चुनाव लड्ने तयारीमा छन् । २०७९ सालमा स्वतन्त्रबाट लडेर दोस्रो बनेका थिए ।  उनले लामो समयदेखि राजतन्त्रको पक्षमा विभिन्न आन्दोलन गर्दै आएका छन् । देशमा राजा चाहिन्छ र राजा नै देशको अभिभावक भएको धारणा व्यक्त गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*