चित्लाङ एफसीको इन्स्योरेन्स पार्टनरमा प्रभु महालक्ष्मी लाइफ नियुक्त

५ माघ २०८२, सोमबार १५:२०

काठमाडौं । राष्ट्रिय लिगको टोली चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच आइतबार प्रायोजन सम्झौता भएको छ । एन्फा प्रेसिडेन्ट्स लिगको शीर्ष चारमा रहेर राष्ट्रिय लिगका लागि छनोट चित्लाङ एफसीले प्रभु लाइफलाई इन्स्योरेन्स पार्टनरका रूपमा आबद्ध गरेको हो ।

सम्झौतापत्रमा क्लबका तर्फबाट अध्यक्ष सुगन तण्डुकार र प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले हस्ताक्षर गरेका थिए । सम्झौतापछि राष्ट्रिय लिगको टोली चित्लाङलाई प्रभु लाइफले एक वर्षका लागि आर्थिक सहयोग गर्नेछ भने क्लबले आफ्ना गतिविधिमार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवद्र्धन गर्नेछ ।

सीईओ प्रसाईंले देशको लोकप्रिय खेल फुटबल र राष्ट्रिय लिगको टोली चित्लाङसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । ‘देशलाइ एकताको सूत्रमा जोड्ने फुटबल खेलसँग जोडिन पाएकामा हामी निकै उत्साही छौं । यो अवसर दिएकोमा हामी राष्ट्रिय लिगको टोली चित्लाङ एफसीलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं,’ सीईओ प्रसाईंले भने, ‘नेपाली फुटबल र चित्लाङसँगको सहकार्यलाई निरन्तरता दिनेछौं ।’

चित्लाङ क्लबका अध्यक्ष तण्डुकारले पनि नेपाली फुटबलमा केही गर्ने क्लबको उद्देश्यमा प्रभु लाइफ इन्स्योरेन्सको साथले थप उर्जा भरेको बताए । ‘फुटबलमार्फत अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा वृद्धि गर्ने हाम्रो अभियानमा प्रभु लाइफको साथले उत्साह थपिएको छ । सुरक्षित फुटबलको अभियानमा यो सहकार्यले महत्वपूर्ण योगदान गर्ने चित्लाङ एफसीले विश्वास लिएको छ,’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*