प्रतिकित्ता ७५ रुपैयाँमै प्रभु स्टील्सको ४३ लाख कित्ता शेयर बिक्रीमा

६ माघ २०८२, मंगलवार ०९:०२

काठमाडौं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले कात्तिक ९ देखि मंसिर १५ गतेसम्म निष्काशन गरी बाँकी रहेको अवितरित हकप्रद शेयर बिक्रीमा राखेको छ।

कम्पनीले १ः१.३४ को अनुपातमा प्रतिकित्ता ५० रुपैयाँका दरले हकप्रद शेयर बिक्री खुला गरी बाँडफाँड गरेकोमा ४३ लाख १७ हजार ५० कित्ता शेयर बाँकी बसेको थियो। अहिलो सोही बाँकी बसेको शेयर प्रतिकित्ता न्यूनतम ७५ रुपैयाँमै लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री गर्न लागेको हो।

यसमा इच्छुक सबै व्यक्ति वा संघसंस्थाहरूले बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र आवेदन फाराम काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा १०० रुपैयाँ तिरेर प्राप्त गर्न सक्नेछन्। बोलपत्र आज माघ ६ गतेदेखि माघ २० गतेसम्म पेश गर्न सकिनेछ।

शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*