यी तीन तरिकाबाट हेर्नुहोस् विजय लघुवित्तको एफपीओ नतिजा

६ माघ २०८२, मंगलवार ०९:४४

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको एफपीओ बाँडफाँड गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री खुला गरेको थियो।

मागभन्दा धेरै आवेदन परेकाले गोला प्रथाबाट एफपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा ४६ हजार ६८१ जनाले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने सोहीमध्येका ७ जनाले थप १र१ कित्ता गरी ११ कित्ता शेयर पाएका छन्। बाँकी सबै आवेदकको हात खाली भएको छ।

यी तरिकाबाट हेर्नुहोस् नतिजाः–

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट:https://www.globalimecapital.com/#home  

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

विजय लघुवित्तको एफपीओ बाँडफाँड, ४६ हजार ६८१ जनाले हात पारे शेयर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*