फुटको कांग्रेस रातारात जोडियो, गगनले बाँडे देउवाका नेतालाई टिकट

काठमाडौं । लगभग फुटिसकेको नेपाली कांग्रेस आज हुने मनोनयन दर्तासम्म पुग्दा एकजुट हुन पुगेको छ । यही पुस ३० गते देउवा समुह र गगन विश्वा प्रकाश दुई समुहमा विभाजन भएको कांग्रेस एकाएक जुटेको छ । विषेश महाधिवेशनबाट संस्थापन पक्षलाई किनारा लगाएर अघि बढेको गगन थापा र विश्व प्रकाश पक्षले संस्थापन पक्षलाई उचित सम्मान सहितको स्थान दिएपछि ७ दिन फुटेको पार्टी रातारात एकजुट भएको हो ।
हिजो रातैभरी भएको छलफलमा पार्टी गलहत्याइएका पार्टी सभापति शेर बहादुर देउवाले चुनाव नै नलड्ने र देउवा पक्षका प्रभावशाली सबै व्यक्तिहरुलाई टिकट दिन गगन थापा पक्ष सहमत भएसँगै पुनः एकताबद्ध भएको हो ।
गगन थापाले जित्न सक्ने सम्भावना भएका नेताहरुलाई देउवा पक्ष र आफ्नो पक्ष नभनी टिकट वितरण गरेका छन् । हालसम्म प्रकाशित सूचि अनुसार देउवा पक्षका भनेर खुलेर लागेका नुवाकोटका नेता प्रकाशशरण महत, धनुषामा बिमलेन्द्र निधिलाई टिकट दिएका छन् ।
यससँगै तत्कालको लागि पार्टी फुट्ने सम्भावना तत्कालको लागि टरेको छ । पार्टी एकताबद्ध भएसँगै अब आज सर्वोच्च अदालतमा दर्ता गरिएको रिट निवेदन समेत अलपत्र पर्न गएको छ । यद्यपि सर्वोच्च अदालतमा सो मुद्दामाथि सुनुवाई सुरु भएको छ ।












