शेयर बजारमा उत्साहजनक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

६ माघ २०८२, मंगलवार १५:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ को बिन्दुमा कायम भएको छ ।

बजारमा आज एनआरएन इन्फ्रास्टक्चरको ४० करोड ७९ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ३९ करोड तीन लाख रुपैयाँ, मन्जुश्री फाइनान्सको ३७ करोड सात लाख रुपैयाँ र एसवाई प्यानलको २६ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

शेयर बजारमा आज ऐतिहासिक कारोबार भएको छ । देशको बतावरण निर्वाचनमय बन्नु र स्थायी सरकारको अपेक्षाले शेयर बजारमा उत्साह जागेको शेयर बजारका लगानीकर्ता बताउँछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*