शेयर बजारमा आज २२४ वटा कम्पनीको शेयरमूल्यमा हरियाली

६ माघ २०८२, मंगलवार १५:१६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका २२४ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । जसमा गोर्खाज फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आखुखोला जलविद्युतको ८.१३ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरलको ७.८७ प्रतिशत, नेशनल हाइड्रो पावर कम्पनीको ७.३२ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको ७.०४ प्रतिशतले शेयरमूल्य बद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*