रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी
६ माघ २०८२, मंगलवार १५:१९

काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो।
सानो पाइला बचत तथा ऋण सहकारी संस्था, वीरगन्जको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेसहित २९ जनाविरुद्ध गत असार १ गते पर्सा जिल्ला अदालतमा सहकारी ठगी तथा संगठित अपराधअन्तर्गत अभियोग दायर गरिएको थियो। उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।
अदालत स्रोतका अनुसार लामिछाने अदालतमा उपस्थित भइसकेका छन्। उनी चितवन–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउने तयारीमा थिए।












