डलर अर्बपति चौधरीले दर्ता गरे उम्मेदवारी
६ माघ २०८२, मंगलवार १६:५३

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा डलर अर्बपति विनोद चौधरीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।
चौधरीले मंगलबार नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन्।
२०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा पनि चौधरीले सोही निर्वाचन क्षेत्रबाट जीत हासिल गरेका थिए।












