रवि लामिछानेले वारेसमार्फत गराए चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता

६ माघ २०८२, मंगलवार १७:१४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् ।

लामिछाने भने सहकारी ठगीसम्बन्धी मुद्दा भएकाले पर्सा जिल्ला अदालतमा रहेका छन् । उनसँग आजै अदालतले १ करोडी धरौटी माग गरेको थियो ।

लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*