कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

६ माघ २०८२, मंगलवार १७:४२

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले तत्काल कुनै अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ । यससँगै निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयनमा रहने भएको छ, जसले गगन थापा नेतृत्वको कांग्रेस पक्षलाई अगाडि बढ्न सहज बनाएको छ ।

पूर्व सभापति शेरबहादुर देउवा र कायममुकायम सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट निवेदनमाथि सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको हो । सुनुवाइपछि अदालतले अन्तरिम आदेश दिने वा नदिने विषयमा निष्कर्षमा पुग्नुअघि दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*