सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड

७ माघ २०८२, बुधबार ०७:४५

काठमाडौं । कोष प्रवर्द्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल लिमिटेड रही सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड भएको छ।

यस योजना अन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले १० करोड इकाई बिक्रीमा आएको थियो। जसमध्ये १ करोड ५० लाख इकाई सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो।

सर्वसाधारणका लागि पुस ४ गतेदेखि पुस १८ गतेसम्म इकाई बिक्री खुला गरिएकोमा मागभन्दा बढी मात्रामा आवेदन परेपछि योजनाको आकार २५ प्रतिशत वृद्धि गरी १२ करोड ५० लाख इकाई कायम गरी माघ ४ गते बाँडफाँड गरिएको हो।

यसको योजना व्यवस्थापक/धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*