माविलुङ्ग इनर्जीको ७५ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै
७ माघ २०८२, बुधबार ०८:४३

काठमाडौं । माविलुङ्ग इनर्जी लिमिटेडको ७५ हजार २३६ कित्ता शेयरको लइकन अवधि फागुन ८ गते सकिंदैछ।
कम्पनीले आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि ६ महीनासम्म सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ।
सोही बमोजिम लकइनमा रहेको माविलुङ्ग इनर्जीको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका ७५ हजार २३६ कित्ता शेयर लकइनमा रहेको छ। सोही शेयरको लकइन अवधि आउँदो फागुन ८ गतेबाट समाप्त हुने भएको हो।












