बुधबार ८२ कम्पनीको शेयरमूल्यमा हरियाली, कसको कतिले बढ्यो ?

७ माघ २०८२, बुधबार १५:१५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ९.४३ अंकले घटेर २७०५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै आज विभिन्न सेक्टरका ८२ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा कालिका पावरको ९.८४ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।

त्यस्तै, नारायण डेभलपमेन्ट बैंकको ९.१६ प्रतिशत, रिभर फल्सको ५.५० प्रतिशत, विकास हाइड्रोपावरको ४.९८ प्रतिशत र माण्डु हाइड्रोपावरको ४.५८ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*