नयाँ रेकर्डबाट घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
८ माघ २०८२, बिहीबार १०:४८

काठमाडौँ । हालसम्मकै उच्च रेकर्डबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई हजार ९०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ८७० रुपैयाँमा किनबेच भइरहेको छ ।












