आरएसडीसी लघुवित्तले कमायो ७ करोड ६६ लाख नाफा, अन्य सूचक कस्तो?

८ माघ २०८२, बिहीबार १२:०१

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ६ महीना (साउनदेखि पुस मसान्तसम्म) मा ७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आवको यसै अवधिमा ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद नाफा बढे तापनि कम्पनीको खुद ब्याज आम्दानी भने घटेको वित्तीय विवरणले देखाएको छ। गत आवको पुस मसान्तसम्म ११ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवको सोही अवधिमा १० करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ११ करोड ४१ लाख रुपैयाँबाट घटेर ११ करोड २१ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा ६ करोड ४६ लाख रुपैयाँबाट बढेर १० करोड ९६ लाख रुपैयाँ पुगेको छ। पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ६८ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ८.५५ रुपैयाँबाट बढेर १४.८३ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२५.१५ रुपैयाँ कायम भएको छ। यस अवधिमा कम्पनीको खराब कर्जा (एनपीएल) २.७१ प्रतिशतबाट बढेर २.८४ प्रतिशत पुगेको छ। चुक्ता पूँजी १० करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ६८ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १९ करोड ३१ लाख रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*