आखुखोला जलविद्युतमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
८ माघ २०८२, बिहीबार १५:०८

काठमाडौं । साताको अन्तिम कारोबार अर्थात बिहीबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका कम्पनीहरुको नौ अर्ब सात करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज आखुखोला जलविद्युत कम्पनीको ४० करोड ८२ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, मन्जुश्री फाइनान्सको ३५ करोड ८१ लाख रुपैयाँ, एसवाई प्यानलको ३२ करोड ९७ लाख रुपैयाँ, बन्दीपुर केबलकारको २८ करोड २६ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।













